१८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरी सरकारले खोप ल्याउदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ ।

१८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरी सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।

frontline

“खोपको आपुर्तीको समस्या समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकका लागि निःशुल्क खोप लगाउने योजना तयार भइसकेको छ”

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“हामी सबैले खोप पाउँछौँ । सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहन अनुरोध छ ।”

अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ । मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here