१६ औं अधिवेशन इस्मा गाउँपालिका

गुल्मीको इस्मा गाउँपालिकाले पालिकाको १६ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले आगामी वर्षको नीति तथा कार्यक्रममा खानेपानी, पर्यटन , स्वास्थ्य, शिक्षा र खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।

गाउँपालिकाले पर्यटनतर्फ पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलमा पर्यटक भित्राउने उदेश्यले “घुमौं इस्माकोट” अभियान सञ्चालन गर्ने भएको छ । गोर्खा राज्यले एकीकरण अभियान आरम्भ गरेपछि तत्कालीन चौबिसे राज्य रहेको इस्माकोटको थप प्रचारप्रसार तथा पर्यटन पर्वद्वन गर्न आर्थिक वर्षमा इस्माकोटमा ५० हजार आन्तरिक र बाहृय पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।  उनले थामाकागढीलाई पर्यटकीय केन्द्र बनाएर पुर्वधार निर्माण गरिने नीति अगाडि सारिएको बताए ।

frontline

इस्मा गाउँपालिकाले स्थानीयलाई रोजगारी सिर्जना गर्ने र वातावरणलाई प्रतिकुल असर नगर्ने उद्योग स्थापनामा आउने व्यावसायीलाई  वर्ष व्यावसाय कर छुटको नीति अगाडि सारेको छ । अमरपुर बुल्ममा रहेको सेरामिक्सलाई थप व्यावस्थित गरेर परम्परागत हस्तकलाको संरक्षण गर्न इस्माकोटको प्रतिमा निर्माण गरेर पालिकाका कार्यक्रममा मायाको चिनोका रुपमा प्रयोग गरिने आगामी बर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय कच्चा पदार्थबाट निर्माण हुने सामाग्री उत्पादनमा जोड र बजारीकरणमा इस्माले प्रोत्साहित गर्ने भएको छ ।

“इस्माली परिश्रम इस्मामा उद्यम” अवधारणा अनुसार पढ्दै र सीप सिक्दै कमाउँदै अभियानलाई निरन्तरता दिने भएको छ। 

आगामी आर्थिक वर्षमा इस्मा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको छ । त्यस्तै गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षित गर्न र स्वास्थ्यकर्मीको मनोबल बढाउन “नमूना स्वास्थ्य संस्था,नमूना स्वास्थ्यकर्मी  अभियान”को अवधारणालाई अगाडि सारिएको छ ।

इस्माले आर्थिक बर्षलाई  २०८१/०८२ लाई खानेपानी तथा सरसफाइ बर्षका रूपमा निरन्तरता दिने भएको छ । एक घर एक धारा कार्यक्रम मार्फत  ३०४२ घरदुरीमा खानेपानीका धारा निर्माणको लक्ष्य राखिएको छ । इस्मा गाउँपलिका भित्र मनाइने मेला, पर्व, परम्परागत जीवनशैली एवं सांस्कृतिक सम्पदाको परिचय दिन सांस्कृतिक प्रोफाइल  तयार गर्ने प्रकाश गरिने नीति लिएको छ ।

इस्मा गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा र पालिकामा दिगो तथा वातावरण मैत्री विकास गरी मानव अधिकारमैत्री विकासका लागि हरित सडकको अवधारणालाई प्रवर्द्धन गरिने नीति अगाडि सारिएको छ । इस्मा गाउँपालिकाको भित्री चक्रपथ छल्दी ठाढुङ्गा नयाँपोखरा, मैदान दोबाट हुलाकेलाई स्तरोन्तती गरी खण्ड खण्डमा कालोपत्रे ग्राभेल एवम् ढलान गर्ने र नयाँ सडक नखोल्ने आगामी बर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here