१५३ ट्रक फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसालियो

फाइल तस्बिर

२७ जेठ, काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा शुक्रबारदेखि निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ।

बिहीबार बेलुका ७ बजेदेखि शुक्रबार बिहान १ बजेसम्म महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग प्रभावित क्षेत्रका वडाध्यक्षहरुसँग भएको सहमतिअनुसार आजैबाट फोहोर ढुवानी र अन्तिम व्यवस्थापन कार्य भएको हो।

frontline

आज १५३ ट्रक फोहोर व्यवस्थापन भएको साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठले बताए

आज सौहार्द वातावरणमा फोहोर व्यवस्थापन भएको छ। स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन। भोलिदेखि तालिकाबद्ध र पूर्ववत् काम गर्ने वातावरण बनेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here