१० वर्षदेखि फरार अभियुक्त पक्राउ

श्रोत :ईन्टरनेट

धनगढी । डाँका चोरी मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार  भएका एकजना अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले अदालतले सजायसमेत सुनाएका धनगढी उपमहानगरपालिका-२ का गोविन्दराज अवस्थीलाई पक्राउ गरिएको जानकारी दिए ।

frontline

२०६५ सालमा तत्कालीन मालाखेती गाविस वडानम्बर ७ बाट यार्सागुम्बालगायत नगद तथा जिन्सी सामान चोरीमा संलग्न रहेको भन्दै प्रहरीले अवस्थीलाई पक्राउ गरेको थियो ।

धरौटीमा छुटेका उनलाई २०६८ साल असारमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ४५ लाख ५५० रुपैयाँ जरिमाना सजाय सुनाएको थियो ।

अवस्थी जिल्लाको फैसलाविरुद्ध पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म पुगेका थिए ।

तर पुनरावेदन र सर्वोच्च अदालतले समेत जिल्लाकै फैसला सदर गरेको थियो ।

त्यसबेलादेखि नै फरार रहेका अवस्थीलाई पक्राउ गरेर जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here