ह्वावेले दिगो मोबिलिटीको लागि एसिया प्यासिफिक रेलवे डिजिटलाइजेशन सक्षम बनाउदै

बुधबार, सिंगापुर । ह्वावेले दिगो मोबिलिटीको लागि एसिया प्यासिफक रेलवे डिजिटलाइजेशनलाई सक्षम बनाउने भएको छ ।

शुक्रबार सम्पन्न ‘स्मार्टरेल, बेटर फ्युचर मोबिलिटी’ थीम रहेको ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१’ मा सहभागीहरुले दिगो मोबिलिटीको लागि एसिया प्यासिफक रेलवे डिजिटलाइजेशनलाई सक्षम बनाउन सुझाव दिएका हुन् ।

frontline

उक्त फोरमलाई सम्बोधन गर्दै मार्ट कोर्पोरेसन लिमिटेडका प्रमुख क्वेक हेनचीले सिंगापुरमा धेरैजसो मानिसहरुले आफ्नो समुदायको जीवनशैलीलाई ग्रीन र यातायातका माध्यमहरुमा ढालिसकेको बताए ।

उनले आफ्नो सामाजिक जिम्मेवारीलाई शहरी वातावरणमा सार्वजनिक यातायात प्रयोग गरी योगदान गर्ने गरेको आफ्ना प्रष्ट पारे ।

‘मलाई लाग्छ कि प्रविधि तयार छ । तर, हामी कसरी कार्यस्थल, श्रमशक्ति र तदनुसार कार्य प्रक्रियाहरुलाई रूपान्तरण गर्छौं ।

यो हाम्रा लागि एउटा चुनौती हो,’ उनले भने । ह्वावे एसिया प्यासिफिक इन्टर प्राइज बिजनेस ग्रुपका वरिष्ठ उपाध्यक्ष आरोन वांगले महामारीले ल्याएका चुनौतिहरुलाई सबै उद्योगहरुको लागि अवसरमा रुपान्तरण गरिएको बताए ।

‘ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले सिंगापुरको भूमि यातायात प्राधिकरण, हंगकंग एमटिआर, टर्की र जर्मनीको ड्चबान जस्ता ग्राहकहरुलाई परम्परागत पूर्वाधार संग नयाँ प्रविधि एकीकृत गरी डिजिटलाइजेशनको गति बढाउनमा मद्दत गर्दछ ।

हामीलाई विश्वास छ कि भविष्यमा रेलवे डिजिटलाइजेशनले राम्रो मोबिलिटीको नेतृत्व गर्नेछ,’ वांगले भने ।

ग्लोबल रेल बिजनेस, ग्रुपका निर्देशक टीसी च्युले डिजिटलीकरणमा तीन प्रमुख प्रवृत्तिहरु रहेको बताए । जसमा डाटा, एनालिटिक्स, र संचार रहेका छन् ।

उनले भने, ‘ती प्रवृतिहरुले हामीलाई राम्रो निर्णय गर्न सक्ने बनाउँदछ र हामीले प्राप्त गर्न खोजेको डिकार्बोनाइजेसन प्रक्रियालाई समर्थन गर्दछ ।’ ‘वास्तवमा रेलवेको लागि प्रविधिको भ्यालुलाई बढाउने ताकत ती मानिसहरुसंग छ ।

जो वास्तवमा यी प्रविधिहरु प्रयोग गर्दैछन् । कुनै प्रविधिहरुमा उपलब्ध रहने डाटाको फाइदा लिदैछन्,’ उनले अगाडी भने ।

केहि मात्रा माइन्टेलिजेन्स लगाई हाम्रो दैनिक रेल संचालन र हाम्रा सम्पत्तिहरुको रेखदेख र सेवा वितरणको बारेमा अझ राम्रो निर्णय लिनमा मद्दत गर्न सकिने टीसी च्युको भनाई छ ।

शेन्जेन मेट्रोको मेट्रोस्टेशन डिजिटल इनोभेशन स्टुडियोका निर्देशक चांगक्वान लुओले यातायातको सुदृढीकरण र उच्च गुणस्तरीय विकासको सुनिश्चित गर्न डिजिटल इन्टेलिजेन्टस क्षमतालाई ध्यान दिएर, परिचालन उत्कृष्टता र शहरहरुमा सेवा प्रदान गर्नको लागि व्यापक राष्ट्रिय आवश्यकताहरुलाई पूरा गर्ने लक्ष्यमा निर्भर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here