ह्यारी केनले जिते बालोन डी’ओर

काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २००१ पछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेर इतिहास रचेका छन् । बायर्न म्युनिखका ३३ वर्षीय स्ट्राइकर केनलाई लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो । यसअघि माइकल ओवेनले सन् २००१ मा यो अवार्ड जितेका थिए ।

केन बालोन डी’ओर जित्ने पाँचौँ इंग्लिस खेलाडी बनेका छन् । यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए ।

frontline

यसपटक फ्रान्सका किलियन एम्बाप्पे दोस्रो र स्पेनका लामिन यमाल तेस्रो स्थानमा रहे । केनले गत सिजन बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गरेका थिए । इंग्ल्यान्डका लागि गरेको गोलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ गोलका लागि सहयोग गरेका थिए । बायर्नका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका केनले जर्मन बुन्डेसलिगामा ३६ र च्याम्पियन्स लिगमा १४ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here