होल्डिङ सेन्टर अहिलेसम्म प्रयोगविहीन झापा मेचीनगर

झापाको मेचीनगर नगरपालिका-१४, दुवागढीमा कोभिड-१९ संक्रमितका लागि भन्दै नेपाली सेनाले होल्डिङ सेन्टर बनायो । सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकको स्वास्थ्य जाँच गर्न सकिने सुविधासहित २५ करोड रुपैयाँ खर्चेर बनाइएको होल्डिङ सेन्टर अहिलेसम्म प्रयोगविहीन छ ।

वडाध्यक्ष बाबुलाल सुब्बाका अनुसार, एक हजार अक्सिजन सिलिण्डरसहित २२ वटा पक्की भवनसहितको संरचना कसरी सञ्चालन गर्ने भन्ने टुंगो नहुँदा अलपत्र परेको हो । ‘त्यतिबेला महामारीको समयमा फरक प्रयोजनले यी संरचना बनेका थिए, अहिले कसरी प्रयोगमा ल्याउने भन्ने निर्णय नहुँदा भवन यत्तिकै जीर्ण बन्ने स्थिति छ’, उनले भने, ‘सेनाले पहरा दिनेबाहेक भवनमा अरु केही भएको छैन ।’

frontline

नेपाली सेनाको चारआलीस्थित श्रीनाथगणका गणपति प्रजु बस्न्यातका अनुसार, संरचनाको सुरक्षाका लागि सेनाको टोली खटिएको छ । ‘हस्तान्तरण भइनसकेकाले सुरक्षामा मात्र खटिएका हौं, यसबारे केन्द्रबाटै निर्णय भएर आउँछ होला’, उनले भने, ‘धेरै पटक यसको निरीक्षण पनि भएको छ, तर कसरी प्रयोग गर्ने भन्नेमा निर्क्यौल भइसकेको छैन भन्ने बुझेको छु ।’

वडाध्यक्ष सुब्बाका अनुसार, नेपाली सेनाको सुरक्षा घेरामा भएकाले संरचना सुरक्षित छ । ‘सेना नबसेको भए पाइप, टीन लगायत चोरी भएरै सकिन्थ्यो होला’, उनले भने, ‘तर यसरी सेनालाई कुरुवा जस्तो राखेर मात्र भएन, छिटोभन्दा छिटो प्रयोगमा ल्याउनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here