हेल्थ डेस्कमा कार्यरत ३ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

२७ पुस, नेपालगन्ज ।  बाँकेको सीमा नाका जमुनाहास्थित हेल्थ डेस्कमा कार्यरत ३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भारतबाट आउनेहरुलाई एन्टिजेनबाट कोरोना परीक्षण गर्ने कार्यमा खटिएका स्वास्थ्य आइतबार एक जना र सोमबार २ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

frontline

संक्रमित हुनेमा २ जना अहेव र एक जना ल्याब टेक्निसियन रहेको ओलीले जानकारी दिए । 

सोमबार जमुनाहा नाकामा २ जना स्वास्थ्यकर्मीसहित भारतबाट आएका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्लाका ३ वटा प्रयोगशालामा स्वाब परीक्षण गर्दा १५ जनालाई कोरोना पुष्टि भएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here