हुम्लामा अत्याधिक चिसो, रुघाखोकी लगायतका बिरामी बढे

८ पुस, हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयतादेखि बिरामीको सङ्ख्या बढेको छ ।

यही पुस महिना लागेसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्यधिक भएपछि अस्पतालमा रुघाखोकीलगायतका बिरामी बढेका जनाइएको छ ।

frontline

जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जनाभन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

ज्वरो, रुघाखोकी, दम, लगायतका बिरामी उपचारका लागि गाउँबाट जिल्ला पुग्ने गरेको अनमी उहाँले बताउनुभयो ।

उहाँका अनुसार बिरामी उपचारका लागि आएपछि जिल्ला अस्पतालमा रहेका श्यया पनि भरिभराउ भएका छन् ।

यस्तै घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षणका बिरामी पनि आउने गरेबका छन् ।

बालबालिका र वृद्धवृद्धामा यस्तो समस्या बढी देखिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था जटिल भएका केही बिरामीलाई अस्पतालमै भर्नासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here