हिँउपहिरोमा परि मृत्यु

८ कार्तिक, हुम्ला : हुम्लाको चंखेली गाँउपालिका ३ मिमिमा जडीबुटी सकलन गर्न गएका १ जनाको मृत्यु भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका ४ कार्तिका ३३ वर्षिय छिरिङ लामाको कटुकी सकलन गरि घर फर्किने क्रममा हिउँ पहिरोमा परि मृत्यु भएको हो ।

frontline

छिरिङका दाजु ३७ वर्षका कार्मा सुण्डा लामाको दाँहिने हात भाँचिएर घाईते भएको छन् । उनका दाजु कार्मा सुण्डा सहित ७ जना दुईदिन लगाएर चंखेली गाँउपालिका ३ मिमि गाउँ हुँदै मुगु फर्किएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जडीबुटी संकलन गर्न गएका छोईटिन लामा,आङजिङ लामा,तोचे लामा,छोइटाङ लामा,संगिता लामा,कार्मा सुण्डा लामा घर फर्किएका छन ।

जडीबुटी संकलनमा हिँउपहिरोमा परि मृत्यु भएको छिरिङ लामाको शव जंगलमै ओडार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्भ शर्माले बताए ।

चंखेली गाउँपालिका ३ को मिमि गाउँदेखि दुई टाढा रहेकोले कुन ठाउमा हो एकिन गरि मात्रै खोजीकार्य हुने डिएसपी शर्माको भनाई छ । मेल्छाम प्रहरी चौकीबाट दुईदिन टाढाको जंगल भएकोले खोजीकार्य गर्न प्रहरीलाई कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here