हामीले कला संस्कृति जगेर्ना गर्न सकेनौँ भने हाम्रो पहिचान गुमाउछौँ : मुख्यमन्त्री भट्ट

२९ फागुन, काठमाडौं । अहिले हामी नेपालीले हाम्रो पहिचान गुमाइरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएकाे छ ।
शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा श्री बाह्देव ज्यावन सेवा समाजको प्रथम साधारण सभालाई सम्बोदन गर्दै मुख्यमन्त्री भट्टले यस्ताे बताउनुभएकाे हाे ।




अहिले हामी हाम्रो कला संकस्कृति, भाषा सबै कुराहरु बिर्सिदै गएका छौं र विदेशी संस्कृतितर्फ बढी आकर्षित भइरहेका छौ ।’
मुख्यमन्त्री भट्टले भन्नुभयाे ‘हामीले हाम्रो कला संस्कृति जगेर्ना गर्न सकेनौँ भने हामीले हाम्रो पहिचान गुमाउछौँ । त्यसैले सबै मिलेर आफ्नो कला संस्कृतिको जगेर्ना गर्नु अहिलेको आवश्यकता हो ।’
त्यस्तै उहाँले कार्यक्रममा सुदूरपश्चिम कला संस्कृतिको धनी प्रदेश भएकाले यहाँका कला संस्कृतिको जगेर्ना गर्न सबैले एकजुट भएर काम गर्न आवश्यक रहेको छ ।
हाम्रा प्राकृतिक सम्पदा, कला संस्कृति बचाउनका लागि बाह्देव ज्यावन सेवा समाजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले सेवा समाजको प्रशंसा गर्नुभयाे ।
‘बाह्देव ज्यावन क्षेत्र र अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको विकाशका लागि प्रदेश सरकारले बजेट विनियोज गरेको छ।’
मन्त्री धामीले भन्नुभयाे, ‘आगामी आर्थिक वर्षमा समेत यहाँका धार्मिक पर्यटकीय क्षेत्रको विकाशका लागि प्रदेश सरकार तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बजेट विनियोजन गर्छ ।’
बझाङमा अवस्थित बाह्देव ज्यावन क्षेत्र धार्मिक तथा पर्यटकीय रुपमा निकै मत्वपूर्ण रहेको छ । बाह्देव ज्यावन सेवा समाजका अध्यक्ष गोपाल धामीको अध्यक्षतामा आयोजित उत्त साधारण सभामा राष्ट्रिय भूमी आयोगका अध्यक्ष देवेन्द्र ढुङगाना, सहायक प्रमुख जिल्ला अधिकारी आशोक कुमार भण्डारी, विभिन्न सरकारी, गैरसरकारी संघ संस्थका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्