हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा कांगेस वडा सभापति राई पक्राउ

श्रोत : ईन्टरनेट

२० माघ, सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका वडा ७ सभापति पक्राउ परेका छन्।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा वडा सभापति मिलन कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

frontline

काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा राईलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक  ऋषिराज ढकालले बताए। 

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

हातहतियार तथा खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here