कोभिड-सचेतना-तथा-पर्यटन-प्रबर्द्दनका-लागि-कागेश्वरीमा-साइकल-यात्रा

काठमाडौं। असोज र कात्तिक महिना विद्युत प्राधिकरणका लागि एकदमै सहज महिना मानिन्छन्। यतिबेला सबै आयोजनाको विद्युत उत्पादन पूर्ण क्षमतामा हुन्छ।

गर्मी मौसम सकिने र जाडो मौसम सुरु भइनसकेको हुँदा यतिबेला विद्युत माग प्राय: एकैनासको हुन्छ। त्यसैले पनि यो बेला प्राधिकरणलाई आपूर्ति ब्यवस्थामा सहज हुन्छ।

frontline

यो वर्ष असोजमा लगातार पानी पर्दा पनि सेवाग्राहीले विद्युत आपूर्तिमा अवरोध खेप्नु परिरहेको छ। कुलमान घिसिङ बाहिरिए लगत्तै  विद्युत आपूर्ति अनियमित हुन थालेपछि प्राधिकरणमाथि विभिन्न लान्छना लाग्न थालेको छ।

लगातार विद्युत आपूर्तिमा अवरोध आएसँगै बजारमा इन्भर्टर र ब्याट्रीको माग पनि अस्वभाविक रूपमा वृद्धि भएको छ। इन्भर्टर व्यवसायीले लोडसेडिङ हुने हल्ला गराएर आफ्नो व्यापार बढाएको प्राधिकरणको आरोप छ। सेवाग्राही भने घिसिङको बहिर्गमनपछि प्राधिकरणको काममा लापरबाही भएको र मर्मतको काम पनि ढिलो गर्ने गरेको आरोप लगाउँछन्।

तर, विद्युत प्राधिकरणले भने लगातारको वर्षापछि वितरण प्रणालीमा आएको खराबीका कारण मात्रै विद्युत आपूर्तिमा अवरोध आएकाले पुनः लोडसेडिङ हुने हल्लाको पछि लागेर इन्भर्टर नकिन्न सेवा ग्राहीलाई आग्रह गर्दै आएको छ।

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले हल्लाको पछि लागेर इन्भर्टर नकिन्न सेवाग्राहीलाई आग्रह गरेका छन्।

लगातारको वर्षापछि वितरण प्रणालीमा आएको प्राविधिक समस्याका कारण धेरै दिनसम्म आपूर्तिमा अवरोध आएपनि एक डेढ हप्ताभित्रै पहिलेको भन्दा गुणस्तरीय विद्युत आपूर्ति गर्ने कोइरालाको दाबी छ।

‘नेपाल विद्युत प्राधिकरणसँग अहिलेको विद्युत मागभन्दा धेरै आन्तरिक उत्पादन नै छ,’ कोइरालाले बिजमाण्डूलाई भने, ‘उत्पादित विद्युत सबै खपत हुन नसकेर खेर गइरहेको अवस्थामा लोडसेडिङ हुने हल्लाको पछि लागेर इन्भर्टर नकिन्नुस्। बरु विद्युत खपत बढाउन सहयोग पुर्‍याउने इन्डक्सन चुल्हो किन्नुस्।’ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here