हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी
। माघ १८, खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको अग्लो प्रतिमा राख्ने तयारी गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले तयार पारेको हलेसी बृहत्तर गुरुयोजनामा परिकल्पना गरिएको पद्मसम्भव पार्कमा पद्मसम्भवको प्रतिमा राख्नका लागि आईतबार नगरपालिकाका मेयर इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाबिचमा १९ बुँदे सम्झौता भएको छ । ध्वजापताका क्षेत्र, स्वागत द्धार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैंचा, मञ्जुश्री क्षेत्रभन्दा माथि डाँडामा गुम्बा, सरोवर निर्माण, पद्मार्ग लगायतका संरचना निर्माण गरिने पद्मसम्भव पार्कमा बढिमा ५ वर्षभित्र पद्मसम्भवको मुर्ती राख्नेगरी सम्झौता गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताए ।…..
https://statementandresponse.com/public/user/halesi#
प्रतिक्रिया दिनुहोस्