हराएको २४ लाख मात्रा खोपबारे सरकारसँग सांसद अधिकारीले मागे जवाफ
२९ जेठ, काठमाडौं । सांसद खगराज अधिकारीले हराएको २४ लाख मात्रा खोपबारे सरकारसँग जवाफ मागेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले हराएको खोपबारे सरकारले प्रष्ट पार्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘२४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिसन लिएका कारण हराएको हो ? सभामुख महोदय । त्यसको जवाफ चाहिँदैन?’
उनले १३९ वटा औषधि त पहिलै निशुल्क भएको भन्दै नीति तथा कार्यक्रम र बजेटमा नयाँ कुरा नआएको बताए ।
स्वास्थ्य क्षेत्रमा बजेट घटाइएको भन्दै जनताको स्वास्थ्यप्रति यो सरकार जवाफदेही छ ? भन्दै सरकारलाई प्रश्न गरे ।
स्वास्थ्य विमा कार्यक्रम कुनै नाफा दिने विमा कार्यक्रम नभएको बताए । बिरामीहरुले पाउनुपर्ने भुक्तानी समेत नपाएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्