हराएका मेलम्ची आयोजनाका ७६ जनाको उद्धार, कम्तीमा ६ जना अझै बेपत्ता

फ्रन्टलाइन देश । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ कामदारलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

बाढीमा फसेका ४७ जना कामदारहरूलाई उद्धार गरी अहिले धुलिखेल अस्पतालमा राखिएको छ। अझै ६ जना कामदार सम्पर्कविहीन भएको बुझिएको छ,तर आधिकारिक पुष्टि हुन सकेको छैन,बाढीले त्यहाँका ७ स्थानीय बेपत्ता भएका छन्, दुई जनाको शव भेटिएको छ, अरू थप शव भेटिएको छैन । खोजीकार्य जारी नै रहेको छ । बाढीले आयोजना स्थित लेबर क्याम्प बगाएको थियो। त्यहाँ हेडवर्क्स निर्माण गरिरहेका कामदार बसिरहेका थिए। खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार खानेपानीको नदी डाइभर्सन गर्ने संरचनामा बाढीले क्षति पु¥याएको छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here