हत्या आरोपमा पाँच जना पक्राउ

सप्तरी । सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।

frontline

वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो ।

घटनापछि फरार आरोपितहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकहरुका आधारमा आरोपितहरुलाई पक्राउ गरेको जनाइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here