हंगेरीद्वारा स्वास्थ्य सामाग्री सहयाेग
बुधबार, काठमाण्डु । हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकोछ ।
सो अवसरमा हंगेरी गणतन्त्रका महामहिम राजदुत आन्द्रेस किरालीले स्वास्थ्यमन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासद्वारा जारी विज्ञप्ती अनुसार “हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्धअग्रपंक्तिमा रहि काम गर्ने व्यक्तिहरुकालागि सहयोगीसिद्धहुने अपेक्षा राखेकाछौं ।”
प्रतिक्रिया दिनुहोस्