स्वास्थ्यमन्त्री खतिवडाद्धारा चितवन क्यान्सर अस्पताल निरिक्षण

श्रोत : ईन्टरनेट

६ मंसिर, चितवन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चितवनको वी पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण गरेका छन्।

निरिक्षणमा वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल सहित प्रदेश सभा सदस्य पार्वती सिलवाल समेत अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने , कार्यकारी निर्देशक डा. देज कुमार गौतम , उप निर्देशक डा. कृष्णसागर शर्मा , नर्सिङ ईन्चार्ज सबिता पन्थी लगायतको सहभागिता रहेको थियोे।

frontline

क्यान्सर अस्पतालको हलमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले अस्पताललाई आवश्यक उपकरण एवम् स्तरोन्नति सहयोगका लागि आफू सकारात्मक रहेको धारणा राखेका छन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई स्वागत गर्दै निर्देशक डा. गौतमले अस्पतालका लागि आवश्यक सिमुलेटर मेशिन, पेट स्क्यान , बोन म्यारो ट‍ान्सप्लान्टको आवश्यक रहेकोले मन्त्रालयसमक्ष माग गरे।

मन्त्रीको भ्रमणप्रति आभार व्यक्त गर्दैअध्यक्ष डा. लामिछानेले यस अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरेर ऐनको मर्मअनुसार विकास गर्न सके देशमा नै दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे।

चाईनिज मेडिकल टिमका प्रमुख समेत सहभागी कार्यक्रमको सहजीकरण डा. कृष्णसागर शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here