स्वास्थ्य मन्त्री श्रेष्ठद्धारा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा शुभकामना

बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नर्सिङ पेसामा आवद्ध सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठद्धारा नर्सहरूको अमूल्य योगदानको प्रशंसा र उच्च सम्मान व्यक्त गर्दै नर्सिङ दिवसको शुभकामना दिनुभएको हो ।

सन् १९७४ को जनवरीमा विश्व स्वास्थ्य संगठनले निणर्य गरे अनुसार फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्वभर मनाउन थालिएको थियो । नेपाल नर्सिङ परिषद् (वि.सं.२०५३) मा स्थापना भएसँगै प्रत्येक वर्ष मे १२ का दिन यो दिवस मनाउने गरिएको छ ।

frontline

नर्स बिना अस्पतालको कल्पना समेत गर्न नसकिने मन्त्री श्रेष्ठले बताउनुभयो । नर्सहरूले राज्यले तोकेको न्यूनतम तलब र अन्य सेवा सुविधाबाट पनि बञ्चित हुनुपर्ने भन्दै सुधार गर्न आवश्यक भएको उँहाले बताउनुभयो। मन्त्री श्रेष्ठले भन्नुभयो ,”बागमती प्रदेश सरकारले नर्सहरूको पेसागत सुरक्षा, योग्यता अनुसार रोजगारी, विशेषज्ञता अनुसार पदपूर्ति लगायतका विषयलाई व्यवस्थित गर्न सुरु गरेको छ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here