स्वर्ण पदक विजेता कृष्ण राईको निधन

बिहीबार, काठमाडौं । नेपालमा सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कृष्ण राईको निधन भएको छ। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठका अनुसार उनको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो। 

frontline

उनको निधनमा श्रेष्ठले स्तब्ध भएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

राईले आठौं सागको करातेतर्फ टिम कातामा स्वर्ण पदक जितेका थिए। 

यस्तै २०५५ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा उनले एकल कतामा स्वर्ण पदक जितेका थिए। 

अस्वस्थ भएपछि उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here