स्वराेजगार कार्यक्रममा छनौट भई व्यवसाय थालेका कमलामाईका यूवा उद्यमीहरूकाे व्यवसाय अनुगमन
सिन्धुली। नगरपालिकाकाे स्वराेजगार कार्यक्रममा छनौट भई पहिलो चरणकाे भुक्तानी लिएर व्यवसाय थालेका यूवा उद्यमीहरुकाे व्यवसाय अनुगमन गरिएको छ। आईतबार कमलामाई वडा नं. ७, ८ र ९ मा नगर उपप्रमुख मञ्जु देवकाेटाले अनुगमन गरेका हुन् ।
उपप्रमुख देवकोटाले अनुगमनकाे क्रममा वडा नं. ७ मा १२ कठ्ठामा तरकारी खेती गरी आफ्नाे व्यवसाय सञ्चालन गरेका यूवा उद्यमी ज्ञानु कुमारी कार्की र बङ्गुर पालन व्यवसाय थालेका पार्वती रुम्बाकाे व्यवसायकाे अनुगमन गर्नु भएको हो । वडा नं. ८ मा रागाँ तथा बाख्रा पालन व्यवसाय थालेका मिठू दर्नाल र किराना पसल व्यवसाय गरेका उजेलीमाया स्याङ्तानको व्यवसाय अनुगमन गरिएको छ भने वडा नं ९ स्थित गाैतम ग्लास हाउस र अस्मिता किराना पसल सञ्चालन गरेका यूवा उद्यमीहरूकाे व्यवसाय अनुगमन भएको छ ।
त्यस्तै, वडा नं ९ स्थित नै भैसी तथा बाख्रा पालन गरेका डेटराज खत्रीको व्यवसायकाे पनि प्रारम्भिक अनुगमन गिएको छ । अनुगमन टोलीमा उपप्रमुखसहित कमलामाई नगरपालिकाका सूचना प्रविधि अधिकृत ई. निर्मल लामा, उधाेग विकास शाखाका प्रमुख शुलाेचना लुईटेल, शशी थापा र उमा श्रेष्ठ रहेका थिए ।…….
https://statementandresponse.com/public/user/kamalamai#
प्रतिक्रिया दिनुहोस्