स्याङ्जामा २ सय १२ जनामा संक्रमण

पुतलीबजार नगरपालिकाद्धारा नगरवासीहरुमा ध्यानाकर्षण

पुतलीबजार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै नगरवासीहरुको ध्यानाकर्षण गरेको छ । पछिल्लो समयमा कोभिड १९ को दोस्रो संक्रमण तिब्र रुपमा फैलिदै गएको अवस्थामा स्याङजामा पनि २ सय १२ जनामा संक्रमण देखिएकोमा सचेत हुन पालिकाले ध्यानाकर्षण गरेको हो ।

frontline

कोभिड १९ को संक्रमणलाई रोकथाम गर्न पुतलीबजार नगरपालिकाले पनि रचात्मक तथा सन्देशमुलक कार्यहरु गरिरहेको विज्ञप्तिमा भनिएको छ । नगरपालिकाले संक्रमण रोक्न माक्स, सेनिटाईजर लगायत स्वास्थ्यका सामाग्रीहरु वितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।

  • निजी तथा सामुदायीक विद्यालयहरुले भर्चुअल तथा अन्य बैकल्पीक विधिबाट पठनपाठन संचालन गर्ने
  • बैंक तथा वित्तीय संस्थाहरुले दैनिक कार्य सम्पादन गर्दा कम भन्दा कम कर्मचारीको उपस्थितीमा कार्यलय संचालन गर्ने
  • उच्च संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन होम क्वारेन्टाईन

नगरपालिका प्रमुख सिमा कुमरी क्षेत्रीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा कोरोना संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्ने, स्यानीटाईजर वा साबुन पानीले हात हुने र भौतिकदुरी कायम गर्ने भनिएको छ । विज्ञप्तिमा भिडभाडमा नजाने एवं भिडभाड हुने कार्यक्रम संचालन नगर्ने, विवाह, वर्तबन्ध लगायतका साँस्कृतिक कार्यक्रमहरुमा सम्भव भएसम्म नगर्ने र गर्नैपर्ने अवस्थामा वढीमा १५ जनाको उपस्थितीमा दुरी कायम गरी सम्पन्न गर्ने उल्लेख छ ।

त्यसैगरी सम्पूर्ण निजी तथा सामुदायीक विद्यालयहरुले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने भर्चुअल तथा अन्य बैकल्पीक विधिबाट पठनपाठन संचालन गर्ने भनिएको छ । विज्ञप्तिमा सम्पूर्ण सरकारी तथा निजी कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुले दैनिक कार्य सम्पादन गर्दा कम भन्दा कम कर्मचारीको उपस्थितीमा कार्यलय संचालन गर्ने तथा सम्पूर्ण टोल विकास संस्थाहरुले आफ्नो टोलमा भारत लगायत उच्च संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन होम क्वारेन्टाईनमा बस्न लगाउन अनुरोध गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here