स्याङ्जा चापाकोटमा कृषि क्याम्पस सञ्चालनको लागि सर्वपक्षीय बैठक

 ६ माघ, स्याङ्जा । स्याङ्जाको चापाकोटमा कृषि क्याम्पस सञ्चालन गर्नको लागि सर्वपक्षीय छलफल भएको छ ।

कृषि क्याम्पस सञ्चालनको लागि स्विकृती पाइसकेको भएपनि सञ्चालन हुन नसकेपछि निष्कर्ष निकाल्न सर्वपक्षीय जुम बैठक आयोजना गरिएको डा. बुद्धिमान श्रेष्ठले बताए ।

frontline

बैठकमा पूर्वमन्त्री तथा एमाले नेतृ पद्मा कुमारी अर्यालले चापाकोट कृषि क्याम्पस सञ्चालनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने तत्कालिन शिक्षा सचिव सान्ताबहादुर श्रेष्ठलाई स्मरण गर्दै, कलेज सञ्चालको विषय धेरै अगाडि बढिसकेको बताइन् ।

नेतृ अर्यालले मापदण्ड अनुसारको जग्गा प्र्राप्ति भइसकेको र भौतिक पुर्वाधार लगायत अन्य विषयहरुको व्यवस्थापनको लागि सबै पक्ष मिलेर जाने बताइन् ।

क्याम्पस प्रमुख वा फोकल पर्सन तोकेर अगाडि बढ्ने विषयमा विश्वविद्यालयको भूमिकाको अपेक्षा गर्दै नेतृ अर्यालले विश्वविद्यालयलाई आवश्यकताको स्टिमेट उपलब्ध गराउन अनुरोध गरिन् ।

बैठकमा सहभागी भएका कृषि तथा वन विश्वविद्यालयका भिसी पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयले पछिल्लो समयमा मुलुकको धेरै ठाउँमा विश्वविद्यालयले कलेज खोलेको तर कलेज खोलिसकेपछि त्यसलाई सञ्चालन गर्नको लागि सहयोग नपाएको गुनासो गरे ।

सबै तहको सरकार मिल्यो भने काम गर्न सकिने बताउँदै भिसी रेग्मीले त्यसको लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।

उनका अनुसार कृषि कलेज भनेको पढ्ने र पढाउने मात्रै नभएर टिचिङ, रिसर्च र एक्सेन्टेन्सनको रुपमा हुन्छ ।

तरकारी खेतिको लागि, पशुपालन फार्मको लागि, अन्नबालीको लागि, आदिको लागि आवश्यकता अनुसारको जग्गा चाहिन्छ ।

भिसी रेग्मीले अहिले यातायातको सुविधा भएकाले फरक–फरक फार्म एक–एक घण्टाको फरकमा भएपनि हुने बताउँदै जग्गाको विषय महत्वपुर्ण भएको बताए ।

चापाकोटमा कृषि कलेज स्थापनाको लागि आफुहरु सकरात्मक रहेको बताउँदै उनले चापाकोटमा कृषि कलेज सञ्चालको लागि चाहिने कुराको सुची आफुहरुले उपलब्ध गराउने बताए ।

त्यस्तै जुम मिटिङमा कृषि तथा वन विश्वविद्यालयकी रजिष्टार सारदा थपलियाले कृषि कलेज स्थापनाको लागि न्यूनतम १ सय रोपनी जग्गा, ३० जना शिक्षक, ६५ जना कर्मचारी आवश्यक पर्ने बताइन् ।

हतारमा कलेज खोल्ने र क्वालिटीमा कम्प्रोमाइज गर्ने अवस्था सिर्जना हुननहुने बताउँदै रजिष्टार थपलियाले कलेज सञ्चालनको लागि प्र्रतिवर्ष सञ्चालन खर्च २ करोड र १० वर्षमा ५० करोड पुर्वाधार खर्च लाग्ने बताइन् ।

ति खर्चहरुको स्रोत सुनिश्चितता सबै मिलेर गर्नुपर्ने रजिष्टार थपलियाको धारणा थियो ।

त्यस्तै बैैठकमा नेकपा(एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरेले आफ्नो धारणा राख्दै कलेज सञ्चालन गर्न ढिलो भएको बताएका थिए ।

गैरेले कलेज सञ्चालनको लागि विषयवस्तुलाई बोक्दै आएका स्थानीयको नेतृत्वमा तत्काल ठोस टिम निर्माण गरेर ठोस तालिका निर्माण गरेर जानुपर्ने बताएका थिए ।

बैठकमा स्थानियवासी तर्फबाट सहसचिवद्वय थानप्रसाद पंगेनी र महेश भट्टराइको पनि सहभागीता रहेको थियो । उनिहरुले आफ््नो ठाउँको विकासको निमित्त आफुहरुको संधैनै सकरात्मक भूमिका रहने बताएका थिए ।

त्यस्तै बैठकमा एमालेका केन्द्रीय सदस्य किशोर बिक्रम मल्ल, जगदिश डोटेल, विष्णुप्रसाद अर्याल, आदिले पनि आफ्नो धारणा राखेका थिए ।

डा. श्रेष्ठको सञ्चालन र अर्यालको अगुवाईमा भएको जुम बैठकले लामो समयदेखि चर्चामा रहेको तर सञ्चालनमा ढिलाई हुँदै आएको चापाकोट कृषि कलेजको विषयलाई तत्काल तालिकाबद्ध रुपमा अगाडि बढाउन पुर्वमन्त्री तथा एमाले नेतृ पद्मा कुमारी अर्यालले विश्वविद्यालय र सम्बद्ध सरोकारवालाको भूमिकालाई निष्कर्षको रुपमा सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here