स्मार्ट सिटी (११) को बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय

श्रोत : ईन्टरनेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनः नियुक्त भएका डा. पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।

frontline

हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो ।

शपथग्रहणपछि डा. कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेको उनका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here