स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइएको

श्रोत : ईन्टरनेट

काठमाडौं । कोभिड–१९ विरुद्धको उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । स्वास्थ्य सामग्री लिएर स्पेनको विमान आइपुगेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर ती सामान बुझेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

frontline

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाको पहलमा ती स्वास्थ्य सामग्री ल्याइएको जनाइएको छ । स्पेनी सहायता निकायले भेन्टिलेटर, अक्सिजन कन्सट्रेटर, एन्टिजिन टेस्ट कीट, पीपीईलगायत स्वास्थ्य सामग्री सहयोग गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here