स्नुकरमा झगडा भएपछि हत्या, मृतकको टाउकोमा चोट

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घरबाट एक जना युवक दौडिँदै निस्किए । त्यतिबेला सोमबार बिहान १ बजेर ५० मिनेट गइसकेको थियो । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरिन्, ‘शंखमुलको स्नुकरमा झगडा परेको जस्तो छ, एक जना केटा भागिरहेको छ ।

प्रहरी वृत्त बानेश्वरका प्रहरी तत्काल घटनास्थलमा पुग्दा ४० वर्षीय रूपक बान्तवा स्नुकरको सोफामा पल्टिरहेका भेटिए । उनको टाउकोमा चोट लागेको थियो । प्रहरीले उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा पठाए । चिकित्सकले उनलाई साढे २ बजेमा मृत घोषणा गरेका हुन् ।

frontline

बारा घर भएका रूपकले शंखमुलस्थित आफ्नै घरमा सो स्नुकर सञ्चालन गरेका थिए । बौद्ध बिहार अघिल्तिर रहेको सो स्नुकरमा बान्तवाको हत्या भएको आशङ्का गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘टाउकोमा चोट देखिएको छ, हामी अनुसन्धान गर्दैछौँ ।’

घटनाबारे वृत्त बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् । सोधपुछका लागि केही शंकास्पदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here