स्थानीय तहमा एउटामात्र बैक हुँदा सेवाग्राहीलाई सास्ती
सुर्खेत । सुर्खेतका जनप्रतिनिधिहरुले स्थानीय तहमा बैंक थप्न माग गरेका छन । सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको अवस्थामा जिल्लाका जनप्रतिनिधिले बैंक थप्न माग गरेका हुन् ।
हरेक स्थानीय तहमा एउटा मात्र बैंक भएका कारण सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ ।
स्थानीय तहमा एक मात्रै बैंक हुदा पालिकाहरुवाट वितरण हुने सामजिक सुरक्षालगाएतका भत्ता वितरणमा समस्या भएको चिङ्गगाड गाउपालिका अध्यक्ष देववहादुर चन्दले वताउनुभयो ।
सुर्खेतका स्थानीय तहका प्रमुखहरुले आफनो स्थानीय तहमा एक मात्रै बैंक भएकोले त्यो संख्या कम हुदा सेवा प्रवाहमा समस्या भएकोले बैंकहरुको संख्या थप्न माग गरेका हुन ।
७० देखि ९० वर्षका जेष्ठ नागरिकहरुले सामजिक सुरक्षा भत्ता लिन आफै हिडेर आउन सक्दैनन । मान्छे लगाएर बैंक भएको ठाँउसम्म ल्याउन ५ हजार भाडा लाग्छ, अनि खर्च धेरै हुन्छ वुझेको रकम भन्दा भाडा धेरै लाग्ने भएका कारण पनि स्थानीय तहमा बैंक थप्नु पर्ने देखिन्छ ।
पालिकामा एक मात्र बैंक हुदा जेष्ठ नागरिकका लागि वैंकिंक प्रणाली झण्झटिलो भएकोले पालिकाको भुगोल तथा जनसंख्या अनुसार बैंकहरु थप्नुपर्ने पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रवहादुर थापाले बताउनुभयो ।
स्थानीय तहहरुमा कम्तिमा ३/४ वटा बैंकहरु स्थापना गर्नुपर्ने थापाले बताउनुभयो । भुगोल ठुलो र वस्ती धेरै टाढा भएकोले अवस्था हेरेर बैंकहरु थप्नुपर्ने देखिन्छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्न जेष्ठ नागरिकहरु अरुकै साहारामा बैंक भएको ठाँउमा आउनुपर्ने भएकोले समस्या भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेनु आचार्यले बताउनुभयो ।
सरकारले दिएको सामजिक सुरक्षाको भत्ता लिन पनि निकै सास्ती खेप्नु पर्छ उपप्रमुख आचार्यको भनाई छ ।
भुगोल अनुसारको सेवाप्रवाह भएको छैन अव सिस्टम चेन्ज गर्नुपर्ने जनप्रतिनिधिको माग छ ।
प्रतिक्रिया दिनुहोस्