स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु

१७ चैत, जनकपुरधाम । जनकपुरमा स्कुल बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान अगाडि जनकपुरधामबाट लक्ष्मीनियाँतर्फ जाँदै गरेको पुष्पबाटिका स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । 

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका करिब ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रदेश २-०३-००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

frontline

दुर्घटनालगत्तै फरार भएका ठक्कर दिने स्कुल बसका चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here