सोलुखुम्बुमा पहिरोले इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ । पहिरोले नदी थुनिएपछि अस्थायी बाँध बनेको र त्यसबाट पानीको बहाव बढ्न सक्ने भन्दै कोशी प्रदेश सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले दिएको जानकारीअनुसार चेरेम गाउँमुनि निरन्तर पहिरो खसिरहेको छ । पहिरोले इङ्खु नदीको बहाव रोकेपछि नदीमा अस्थायी बाँध बनेको छ ।

frontline

सोलुखुम्बुकै सासद समेत रहेका मन्त्री शेर्पाले उक्त अस्थायी बाँध फुटेमा एकैपटक पानीको बहाव र परिमाण बढ्न सक्ने जोखिम रहेको भन्दै सचेत रहन भनेका हुन् । उनले इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

मन्त्री शेर्पाका अनुसार हालको अवस्थालाई हेर्दा ठूलो जोखिम देखिएको छैन । तर उक्त क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने र अस्थायी बाँध भत्किएमा नदीमा पानीको सतह अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सतर्कता अपनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here