सोलर वितरण अभियान महालक्ष्मी
धनकुटा महालक्ष्मी नगरपालिकाले उज्यालो अभियान शुरु गरेको छ ।
नगरका सबै घरलाई उज्यालो बनाउने नगरकापालिको उद्देश्य रहेको छ । नगरपालिकाले यसै आर्थिक वर्षदेखि यो अभियान शुरु गरेको हो ।
यसैगरी महालक्ष्मी नगरपालिका –४ चानुवाका विपन्न परिवारलाई श्क्रबार सोलर वितरण अभियान शुरु गरेको छ । सोलर वितरण अभियान उद्द्घानको अवसरमा पाँच परिवारलाई हरेक घरमा चार–चार वटा बत्ति बाल्न मिल्ने २० ओटा सोलार सिस्टम पनि वितरण गरिएको थियो ।
चानुवामा आयोजित कार्यक्रममा संघीय सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख, महालक्ष्मी नगरपालिकाका मेयर लगायतले उनीहरुलाई सोलार सिस्टम हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्