सोनी गुरुङ हिमालयन एक्स्ट्रिमको ब्रान्ड एम्बेसडर

२२ मंसिर, काठमाडौं । हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ ब्रान्ड एम्बेसडर चुनिएकी छिन् । प्रतियोगिता सन् २०२२ को मे ७ मा पोखरामा हुदैछ ।

प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवतालमा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ ।

frontline

विश्वभरीका करिव १ सय प्रतियोगीहरुको सहभागिता हुने उक्त एक्स्ट्रिम रेश नेपालमा पहिलो पटक हुन लागेको हो ।

स्वर्णधारी खेलाडी सोनी गुरुङ ‘आइकन’ खेलाडी भएकीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको आयोजक हिमालयन एक्स्टिमका रेस डाइरेक्टर रिक्की योञ्जनले बताए । सशस्त्र प्रहरी बल (एपीएफ) की खेलाडी सोनीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्नेछिन् ।

एम्बेसडर सोनीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने ड्रेस स्विमिङ (वेट सुट) सुट, टिसर्ट, जुत्ता लगायतका कस्ट्युम सामग्री मंगलबार प्रतियोगिता आयोजक संस्थाका को–रेस डाइरेक्टर रिकेश योञ्जनले हस्तान्तरण गरे ।

उक्त सामग्री विश्व प्रख्यात ‘हुब’ कम्पनीको रहेको र यसले सोनीलाई प्रतिस्पर्धामा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

६ वर्षदेखि एफिएफमा कार्यरत सोनी धादिङमा जन्मिएकी खेलाडी हुन् । २७ वर्षिया सोनी विगत ७ वर्षदेखि ट्रायथोलन खेलमा आवद्ध छिन् । उनी आठौ राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन् ।

ब्राण्ड एम्बेसडर चुनिएपछि सोनीले नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा सहभागी हुन पाउँदा निकै गर्व लागेको बताइन् ।

उनले भनिन्, ‘विश्वका एकसे एक एथलिटहरुसंग आफ्नै देशमा सहभागी हुन पाउनु आफ्नो लागि मात्रै नभई देशकै लागि गौरवको कुरा हो ।’

प्रतियोगिताका लागि विगत ५ महिना देखि निरन्तर रुपमा अभ्यासमा जुटेकी सोनीले आफूले सोचेको सपना पस्रा गर्नेतर्फ नै लागि परेको बताइन् । ‘

यो हामीले खेलिरहेको भन्दा निकै कठिन र जोखिमपूर्ण प्रतियोगिता हो’ उनी भन्छिन्, ‘नेपाली खेलाडीहरु कठिन संघर्षकाबीच पनि देशको झण्डा उठाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने कुरालाई म थप चरितार्थ गर्दै देशका लागि केही योगदान गर्न चाहन्छु ।’

दुई वर्षअघि आयोजना हुने तय भएको उक्त प्रतियोगिता कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो । ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ विश्वकै साहसिक प्रतियोगिताका रुपमा चिनिने गर्दछ ।

युरोपका विभिन्न देशहरुमा यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आए पनि एसियामा भने पहिलो पटक आयोजना हुन लागेको हो आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here