सोनमामा आगलागी, २५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट

श्रोत : ईन्टरनेट

११ मंसिर, महोत्तरी ।  सोनमामा आगलागी हुँदा २५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। शुक्रबार दिउँसो सोनमा गाँउपालिका २ का रामऐकवाल साहको घरमा आगलगी हुँदा नगद र जिन्सी गरी सो परिमाणको धनमाल जलेर नष्ट भएको हो। 

आगलागीमा परी साहको २ तल्ले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सोही घरको भुईं तल्लामा संचालन भइ रहेको किराना पसल, धान कुट्ने मिल तथा घरकोठामा रहेका लत्ता, कपडा, अन्नपात , फर्निचर, नगद सबै जलेर नष्ट भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए। 

frontline

आगलागीको खवर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी रघुनाथपुरबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको डिएसपी विष्टले जानकारी दिए। 

प्रहरीका अनुसार आगलागीबाट नगद रु. ६ लाख ५० हजार तथा घर र अन्य सरसमान, लत्ता, कपडा, अन्नपात , फर्निचर,  किराना पसल, धान कुट्ने मिल सहित गरी करिब १८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

यद्यपि उक्त घटनामा कुनै किसिमको  मानवीय तथा चौपाया क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here