सेयर बजारमा सुधार आउने क्रम जारी, ७४ अंकको सुधार

१६ असार, काठमाडौं । सेयर बजारमा सुधार आउने क्रम जारी छ।

बिहीबार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा बन्द भएको भएको थियो।

frontline

कारोबारको अघिल्लो दिन मंगलबार भने नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेको थियो।

यसदिन सेन्सेटिभ इण्डेक्स १२.६३ अंकले बढेर ३९१.७८ विन्दुमा पुगेको छ।

सेयर बजार उकालो लागेपछि कारोबार रकममा पनि वृद्धि भएको छ। आज २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँमा खरिदबिक्री भएको छ।

कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ। ट्रेडिङ समूहको सर्वाधिक ७.३१  प्रतिशतले मूल्य बढेको छ।

फाइनान्सको ६.९८ र  डेभलपमेन्ट समूहको ६.१३ प्रतिशतले मूल्य बढ्दा अदर्शको ५.९२ र मनु एन्ड प्रोको ५.१२ प्रतिशतले मूल्य बढेको हो।

यसैगरी,  हाइड्रोपावरको ४.८६, नन लाइफ इन्स्युरेन्सको ४.७८,इन्भेस्टमेन्टको ३.३९,लाइफ इन्स्युरेन्सको ३.०६, म्युचुअल फन्डको २.६७ र बैंकिङको २.२ प्रतिशतले मूल्य बढेको छ।

यसदिन छ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो। नेपाल फाइनान्स, न्यादी हाइड्रोपावर, मैलुंग खोला जलविद्युत कम्पनी,आँधीखोला लघुवित्त, सीवाईसी लघुवित्त, सूर्योदय लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो। 

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, रिलायन्स फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।  यस दिन छ कम्पनीको मूल्य ओरालो लागेको छ।

कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ९५ लाख बढीको सेयर कारोबार भयो।

यसैगरी हिमालयन डिष्टिलरीको  ७ करोड र  एशियन लाइफ इन्स्योरेन्सको ५ करोड बढीको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here