सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकममा गिरावट

२० मंसिर, काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन आउँदा कारोबार रकममा गिरावट आएको छ। बजार मापन गर्ने सूचक ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इन्डेक्स ०.४१ प्रतिशतले ‌ओरालो लागेको छ।

frontline

यसदिन २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँमा खरिदबिक्री भयो। आज १९ हजार १२१ पटक सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन १ अर्ब बढिको सेयर कारोबार भएको थियो।

४.८७ अंकले ओरालो लागेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो।

धवलागिरी लघुवित्त वित्तीयको सेयर मूल्य ८.१७ प्रतिशतले बढ्दा सिटीजन्स म्युचुअल फन्डको ६.१२ प्रतिशतले मूल्य बढ्यो

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड १२ लाख ३४ हजार ७९९ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

हिमालयन डिस्टिलरी र रिद्धी पावरको क्रमश: ५ करोड ५० लाख  र ५ करोड २ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक घट्यो भने ३ को बढ्यो।

९ समूहको सूचक ओरालो लाग्दा लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स र अर्दश समूहको सूचक सामान्य बढेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here