सेमिनारमा सहभागि हुन ८ पूर्व प्रधानसेनाापति दिल्ली जाँदै

काठमाण्डु । भारतीय सेनाको आयोजनामा हुने ‘चिफ कन्क्लेभ’ सेमिनारमा सहभागि हुन नेपालका ८ पूर्व प्रधानसेनाापतिहरू दिल्ली जाने भएका छन् । भारतीय सेनाका मानार्थ महारथी समेत रहेका पूर्व प्रधानसेनापतिहरु असोज १ र २ गते हुने चिफ कन्क्लेभ सेमिनारमा सहभागी हुन दिल्ली जान लागेका हुन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरका रुपमा ८ जना पूर्व प्रधानसेनापतिहरु कार्यक्रममा सहभागी हुन दिल्ली जान लागेकाे बताए  ।

frontline

नेपाली सेनाले ८ जना पूर्व प्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबिचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रुपमा लिनुपर्ने बताएको छ ।

‘नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिकारुपमा भाग लिइ अवलोकन गर्नुभएको थियो । यो विगतको अभ्यास र परम्परा रही आएको छ । त्यसकै निरन्तरताकारुपमा उहाँहरुको निम्तालाई लिन सकिन्छ’ प्रवक्ता पौडेलले भने ।

उनले पूर्व प्रधानसेनापतिहरु व्यक्तिगतरुपमा कार्यक्रममा सहभागी हुने समेत बताए । भारतीय सेनाले पूर्वप्रधानसेनापति धर्मपाल बरसिंह थापा, प्रज्ज्वल शम्शेर राणा, प्यारजङ्ग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई भारतीय सेनाको दिल्लीमा हुने विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएको हो ।

उनीहरुलाई प्राप्त भएको निमन्त्रणका विषयमा नेपाली सेनाले तालुक मन्त्रालयलाई जानकारी गराइसकेको छ । उक्त कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सेनाको संस्थागत विकासबारे अध्यावधिका साथै आवश्यकता अनुसार सल्लाह सुझाव आदानप्रदान एवं केही अनौपचारिक विषयमा पनि छलफल हुन सक्ने सेनाले बताएको छ ।

भारतीय सेनाले हरेक वर्ष जस्तै यस्ता सुरक्षा सम्बन्धी कन्क्लेभ गर्दै आइरहेको छ । यस पटक ‘चिफ कन्क्लेभ’ सेमिनार गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here