सेभास्टोपोलमा अस्थायी आवासमा आगलागी हुँदा आठ मजदूरको मृत्यु, दुई जना घाइते

सान्केतिक तस्बिर

१९ माघ, एजेन्सी । सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ ।

frontline

आगो दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो । दुईतले अस्थायी आवासीय भवनमा आगो लाग्दा एक सय ८५ जना कामदार थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here