सेजल कोइरालाको हत्या

मृतक सेजल कोइराला । श्रोत:ईन्टरनेट

प्रेमीले बलात्कारपछि हत्या गरेको पीडित परिवारको दाबी

“प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाउछ”

सेजलका बुबा सरोज कोइराला

झापा। झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबी गरिएको छ । इलाम मंगलबारेकी सेजलको उनकै प्रेमीले बलात्कारपछि हत्या गरेको पीडित परिवारको दाबी छ ।

frontline

पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जाहेरी दिएको छ ।

“प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाउछ” सेजलका बुबा सरोज कोइरालाले भने, “आज (मंगलबार) बलात्कारपछि हत्या गरेको दाबी गर्दै जाहेरी दिएको छौं, प्रहरीले थप प्रमाण जुटाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नेपर्ने हाम्रो माग छ ।

सेजल दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन ।

उनको गत बिहीबार मृत्यु भएको थियो । दमक प्रहरीले हत्यामा संलग्न रहेको आरोमा सेजलका प्रेमी स्थायी ठेगना भोजपुर घर भई हाल दमकमा बसोबास गर्ने अरुण राईलाई नियन्त्रणमा लिएको छ ।

“बिहीबार दिउँसो नै छोरीको हत्या भएको रहेछ” बुबा कोइरालाले भने, “हत्या पश्चात कोठामा चाबी लगाएर बाहिर निस्केको र फेरी कोठामा गएर आफैँले हस्पिटल लगेको प्रहरीको अनुसन्धानबाट देखिन्छ ।

” सेजल दमक नगरपालिका–५ स्थित डेरामा बसेको घरको बाथरुममा बोहोस अवस्थामा फेला परेकी थिइन् । सेजललाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

सेजलको मृत्युबारे प्रहरीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन।घटना रहस्यमय भएकाले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । हत्याको कारण भने अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

बलात्कार पछि हत्या गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४मा व्यवस्था भए अनुरुप बलात्कारमा १० वर्ष र हत्यामा २५ वर्षसम्म जेल सजाय हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here