सुशासन ऐन परिमार्जन, कार्यविधि माथि सुझाव – मन्थली

रामेछापको मन्थली नगरपालिकाले सुशासन ऐन परिमार्जन गर्न र विभिन्न कार्यविधिमाथि सरोकारवालाको सुझाव लिइरहेको छ । नगरपालिकाले सुशासन ऐन २०७६ परिमार्जन ,सूचना तथा अभिलेख व्यवस्थापन कार्यविधि २०७७ र सार्वजनिक जवाफेदेहिता प्रवर्धन कार्यविधि २०७७ को मस्यौदामाथि शुक्रबार सरोकारवालासङ्ग सुझाव लिएको छ । पत्रकार महासंघका अध्यक्ष रमेश ढुेंल , गैर सरकारी संस्था महासंघका उपाध्यक्ष रत्न कडेल , मानवअधिकार संरक्षण सञ्जालका संयोजक पाण्डव प्रसाई , जिल्ला वार यसोसियसनका अध्यक्ष विचारसिं तामाङ लगायते सुशासन ऐनमा अभिलेख सूचना हस्तान्तरण विधि उल्लेख गरिनुपर्ने , गुनासो सुन्ने अधिकारीको वैकल्पीक व्यवस्था , गुनासो सुन्ने अधिकार उपरको गुनासो सुन्ने व्यवस्था , आमुख गुनासोमा गुनासो कर्तालाई जवाफ सम्बन्धी व्यवस्था र स्थानीय स्तरका ठुला र स्थायी एवं प्रत्यक्ष प्रभावमा पार्ने स्वास्थ्य संस्था र विद्यालयहरुमा सुशासन र प्रभावकारीतामा सार्वजनिक सुनुवाई अभिमतको विशेष व्यवस्थापन थप गर्दा राम्रो हुने सुझाव दिनुभएको छ । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले नगरपालिकाले बनाएको ऐन , कानुन् र कार्यविधिहरुलाई संस्थागत बनाउनका लागि सुझाव लिइएको बताउनुभयो । उहाँले पारित सुशासन ऐन २०७६ अनुसार सवै वडाहरुमा योजना सम्झौता सम्बन्धि सचेतना प्रदान गर्ने काम भैरहेको बताउदै शिक्षा र स्वास्थ्य संस्थाहरुको सार्वजनिक सुनुवाई कार्यक्रमलाई थप प्रभावकारी बनाउने कार्य भैरहेको बताउनुभयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले सुशासन ऐन, ,सूचना तथा अभिलेख व्यवस्थापन कार्यविधि र सार्वजनिक जवाफेदेहिता प्रवर्धन कार्यविधि माथि आएका सुझावहरुलाई समेटर विधायन समितिमा लैजाने बताउनुभयो । मन्थली नगरपालिकाले ३३ वटा भन्दा बढी ऐन , कानुन् र कार्यविधि बनाइसकेको छ, यसको प्रभावकारी कार्यान्वयनमा लागेका छौँ नगरप्रमुख बस्नेतले भन्नुभयो । नगरपालिकाले बनाएको ऐन ,कानुन र कार्यविधि कार्यान्वयनका लागि आफ्ना कर्तव्यप्रति जिम्वेवार बन्न सरोकारवाला सवैलाई आग्रह गर्नुभयो । मन्थली नगरपालिकाले यहि पुस २८ गते हुने नगरसभाबाट सुशासन ऐन २०७६ परिमार्जन गरी विभिन्न कार्यविधिहरु पारीत गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here