सुर्खेतमा पाँच वर्षमा ३३ हजार मतदाता बढे

१५ चैत, काठमाडौं । २०७४ मा सम्पन्न स्थानीय चुनाव समयमा सुर्खेतमा कुल दुई लाख चार हजार पाँच सय ७७ थियो ।

अहिले यो संख्यामा ३३ हजार आठ सय ८० जना थपिएका छन् । हाल भने यो संख्या सुर्खेतमा कुल दुई लाख ३८ हजार चार सय ५७ पुगेको छ ।

frontline

पालिका स्तरमा सुर्खेतमा सबैभन्दा धेरै मतदाता संख्या वीरेन्द्रनगर नगरपालिकामा रहेको छ । २०७४ का समयमा यहाँ ५८ हजार ६ सय ४४ मतदाता थिए । अहिले यो संख्या बढेर ६७ हजार ५६ पुगेको छ ।

निर्वाचन आयोगद्वारा जारी मतदाता विवरण अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिकामा ३३ हजार आठ सय २९ मतदाता संख्या पुगेको छ ।

चिंगाड गाउँपालिकामा १० हजार सात सय २९, चौकुने गाउँपालिकामा १५ हजार सात सय ३५, पञ्चपुरी नगरपालिकामा २२ हजार पाँच सय २३ जना मतदाता रहेका छन् ।

यसैगरी, बराहताल गाउँपालिकामा १७ हजार दुई सय ९६, भेरीगंगा नगरपालिकामा ३१ हजार दुई सय ७४, लेकबेसी नगरपालिकामा २१ हजार नौ सय ८३ र सिम्ता गाउँपालिकामा १८ हजार ३२ मतदाता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here