सुर्खेतमा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो

 काठमाडौं । सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

frontline

‘जिल्लामा संक्रमणको दरमा केही कमी आएको छ ।

तर, जोखिम उच्च छ, संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ,’ प्रजिअ रिजालले भने, ‘आजको डीसीएमसीको बैठकले पनि ३१ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ ।

वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा सोमबार ४० दिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here