सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते

६ कार्तिक, सुर्खेत । सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन्।

वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे घाँस काट्न गएका दुई दिदी-भाइ बम विस्फोट हुँदा घाइते भएका हुन्।

frontline

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका-६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार घाइते भएका हुन्।

उनीहरू हाल सुर्खेतको वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।

उनीहरूको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए।

बम पुरानो भएको र बेवारिसे अवस्थामा भेटिएको उनले बताए।

घाँस काट्दै जाँदा खुट्टाले अचानक बम छुँदा विस्फोट भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here