सुर्खेत विमानस्थल २५ दिनपछि सुचारु

श्रोत : ईन्टरनेट

७ पौष, सुर्खेत । गत मंसिर १० गतेदेखि बन्द रहेको सुर्खेत विमानस्थल २५ दिनपछि मंगलबारबाट सुचारु भएको छ ।

धावनमार्ग मर्मतको काम सकिएपछि विमानस्थल सुचारु गरिएको हो ।

frontline

विमानस्थल सञ्चालन हुने भएपछि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् ।

बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो ।

नेपालगन्जमा दैनिक ५ उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान भर्थ्यो ।

मर्मतको समयमा पनि सुर्खेत विमानस्थलबाट हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो ।

नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार विमानस्थलमा धावनमार्ग ओभरले गर्ने काम सम्पन्‍न भएको छ ।

सुर्खेतबाट कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगुलगायतमा पनि नियमित उडान सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here