सुनकोशीको पलालु र फिक्कल जोड्ने पुल बाढीले बगायो

श्रोत : ईन्टरनेट

काठमाडौं । सुनकोशी नदीमा आएको बाढीले पुल बगाएको छ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बाढीले बगाएको हो।

frontline

निर्माणाधीन अवस्थामा रहेको यो पुल २ सय १० मिटर लम्बाइको थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको छ।

यो पुल करिब २३ करोड लगानीमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले निर्माण गर्दै थियो।

रासस

प्रतिक्रिया दिनुहोस्

poster-here