सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६५ हजार पुगेको छ

स्थानीय बजारमा सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

frontline

महासंघका अनुसार शुक्रबार हलमार्क सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here