सुनको चरम अभावको अबिलम्व अन्त्यको लागि महासंघद्वारा पहल

माननीय अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेल समक्ष आज २०७७ चैत १ गते आइतबार विहान नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले भेट गरी सुनको आपूर्तिमा लामो समय देखि अव्यावहारिक किसिमले आपूर्तिमा अत्याधिक कटौती गरिएकोले मुलुकभर सुनको  चरम अभाव सृजना भएको र यस्तो अवस्थामा अवैध कारोवारले बजार र समग्र गहना व्यवसायीलाई नै प्रतिकूल असर पर्ने अवस्था उत्पन्न भएको तर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

frontline

सम्माननीय प्रधानमन्त्रीज्यू एवं मन्त्री परिषद्को सचिवालयका सचिव pडा. बैकुण्ठ अर्याल समक्ष आज २०७७ चैत १ गते आइतबार दिउँसो नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन, प्रथम उपाध्यक्ष रुद्र बहादुर बराईली र कोषाध्यक्ष द्वारीका विश्वकर्मा सम्मिलित प्रतिनिधिमण्डलले भेट गरी सुनको चरम अभावले सृजना गरेको असज परिस्थिति बारे अवगत गराउँदै निम्न विषयहरुको जति सक्दो छिटो कार्यान्वयनको लागि माग ग¥यो ः–

१) साविकमा दैनिक २० र २५ के.जी सुन विक्री वितरण हुँदै आएकोमा “कोभिड–१९” को संक्रमण पश्चात २०७७ चैतको पहिलो हप्ता देखि नै दैनिक १० के.जी. मा झारिएको तर हाल अर्थतन्त्रका सबै क्षेत्रहरु पूर्ववत रुपमा सामान्य अवस्था आइसकेकोले सुनको दैनिक कोटा पनि पूर्व स्थितिमा लैजानु अति जरुरी भएको ।

२) अवैध तत्वले चरम अभावको फाइदा लिन सक्ने र मागलाई धान्नै नसक्ने गरी अव्यावहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढने तथा राजश्व चुहावटको संभावना अधिक हुने भएकोले वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तिमा पनि ३० के.जी बनाइनुपर्ने ।

३) सुनको विक्री वितरणलाई विकेन्द्रित गरी नेपाल राष्ट्र बैंकले जारी गरेको “सुन आयात तथा विक्री वितरण कार्यविधि – २०६८” ले तोके अनुसार काठमाडौंको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर समेत अन्य आठ वटा स्थानहरुबाट सुनको विक्री वितरण हुनुपर्ने ।

४) मुलुकभर सदस्यहरु रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघलाई जिल्लाको कोटा उपलब्ध नहुनु न्यायोचित नभएकोले यस महासंघलाई जिल्लाको कोटा अविलम्ब उपलव्ध हुनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here