सुदूरपश्चिममा कांग्रेस सहभागी हुने विषयमा सत्ता गठबन्धमा छलफल भइरहेको छ : प्रचण्ड

फाइल तस्बिर।

३० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा सत्ता गठबन्धमा छलफल भइरहेको बताएका छन् ।

कांग्रेसलाई सहभागी गराउन सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादी पार्टीलाई त्याग गर्न भनिएको पनि प्रचण्डले बताए ।

frontline

कैलालीको धनगढीस्थित गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो ।

तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्याे भनेर अनुरोध गरिएको छ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत प्रचण्डले जानकारी दिए ।

माधव नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व मागेको जानकारी गराउँदै प्रचण्डले प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे समेत छलफल भएको बताए ।

त्यसको सट्टा आफूहरुले बागमती प्रदेश सरकारमा दाबी गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here