सुदूरपश्चिमका मन्त्री सोडारीद्वारा एमाले प्रदेश सचिव रावलमाथि हातपात

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति सचिव राजेन्द्रसिंह रावलमाथि हातपातसहित दुव्र्यवहार गरेका छन्।

पार्टी निर्देशन निर्देशन अनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पुर्‍याउन गएका रावलमाथि सोमबार साँझ करिब साढे ७ बजे दुव्र्यवहार भएको हो। 

frontline

सचिव रावलले भने, “भोलि (मंगलबार) मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले म पार्टीको निर्णय अनुसार नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेश सभा सदस्यहरुलाई मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्न आशयको पत्र बुझाउन गएको थिए।

उहाँको अनुमति पाएपछि मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरेको मात्रै के थिए उहाँले मेरो कठालो समातेर दुव्र्यवहार गर्नुभयो।

चिठ्टी हातबाट खोस्ने प्रयास गर्नुभयो। राक्षसी व्यवहार देखाउनुभयो।

तर मैले मन्त्रालय र मन्त्री पदको कदर गर्दै प्रतिवाद गर्न उचित ठानेन।”

मन्त्री सोडारीले आफूले कुनै दुव्र्यवहार नगरेको प्रतिक्रिया दिए।

मन्त्री सोडारीले भने, “उहाँ मन्त्रालयमा तोडफोड गर्न खोज्नु भयो।

जवरजस्ती ह्वीप जारी गर्ने जस्ता आपत्तिजनक कुरा गर्दै हुनुहुन्थ्यो।

मैले त्यो त्यस्तो नगर्नुस् भने। उहाँले अभद्र व्यवहार देखाएपछि मैले प्रहरी प्रशासनलाई समेत खबर गरिसकेको छु।”

मन्त्री सोडारी नेकपा एमाले माधव समूहका नेता हुन् भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन्।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here