१2 कार्तिक, एजेन्सी । सत्ता हातमा लिएको सुडानको सैन्य सरकारले अमेरिकासहित ६ देशका राजदूतहरुलाई निलम्बन गरेको छ । समाचार संस्था अलजिराले उल्लेख गरे अनुसार सुडानको सेनाले बुधबार राति अमेरिका, युरोपियन युनियन, चाइना, कतार, फ्रान्स तथा सुडानका लागि स्विजरल्यान्डको जेनेभा मिसन प्रमुखलाई निलम्बन गरेको हो।
निलम्बनमा परेका राजदूतहरुले पछिल्लो समय सेनाको चालेको कदमलाई अस्वीकार गरेका थिए, यसै कारण उनीहरुलाई निलम्बन गरिएको समाचारमा उल्लेख गरिएको छ। पछिल्लो समय सुडानमा सेनाले कू गर्दै प्रधानमन्त्रीसहित अन्य सरकारी व्यक्तित्वहरुलाई नियन्त्रणमा समेत राखेको थियो ।
सैन्य ‘कु’को विरोधमा देशव्यापी रूपमा ठूलो आन्दोलन भइरहेको छ, जसमा ७ जनाको मृत्यु पनि भइसकेको छ । तर, सेनाले भने आफ्नोविरुद्ध भएको आन्दोलनलाई दबाउने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्