सुडानको सेनाले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा ७ जनाको मृत्यु
५ माघ, सुडान । सुडानको सेनाले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ।
सैनिकले सत्ता हत्याएपछि त्यसको विरोधमा दैनिकजसो सुडानमा प्रर्दशन भइरहेको छ।
सैनिक ‘कु’विरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सोमबार सुडानका सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा समाचार छ।
प्रदर्शनकारीहरुले राष्ट्रपति कार्यालय अगाडि प्रर्दशन गर्दा सुरक्षाकर्मीले दर्जनौ अश्रुग्यास प्रहार गरेका थिए।
गत अक्टुबरमा सैनिक कु भएपछि सुडानमा ७१ जना प्रदर्शनकारीको मृत्यु भएको अलजजीरामा समाचार छ।
प्रजातन्त्र पक्षिय प्रदर्शनकारीलाई लक्षित गर्दै सुडानका सुरक्षाकर्मीले उनीहरुमाथि दमन गर्दै आएका छन्।
जसको अन्तराष्ट्रिय समुदायले चर्को आलोचना गरेको छ।
प्रतिक्रिया दिनुहोस्